Logo

धुलो दूध उत्पादन गर्दै प्रदेश सरकार, मुख्यमन्त्री भन्छन-अब सडकमा दूध पोख्नुपर्दैन

धुलो दूध उत्पादन गर्दै प्रदेश सरकार, मुख्यमन्त्री भन्छन-अब सडकमा दूध पोख्नुपर्दैन



वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ ।

अधिक उत्पादन भएको समयमा दूध सङ्कल गरेर धुलो बनाउने र कम उत्पादन भएको बखत वितरण गर्ने उद्देश्यले दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्नुहुँदै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए ।

उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्