काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेर ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन सोमबार पनि १ सय रुपैयाँले नै घटेर ५१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघसले जानकारी दिएको छ ।
सोमबार चाँदीको मुल्य भने सामान्य बढेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।
स्थानीय बजारमा केही समय यता दिनहुजसो सुन तथा चाँदीमो मुल्यमा घटवढ भइरहेको छ ।