Logo

महासंघको केन्द्रिय सदस्यमा थप दुई मनोनित, विज्ञबाट गैरे र जिल्लाबाट बिक्रान्त श्रेष्ठ

महासंघको केन्द्रिय सदस्यमा थप दुई मनोनित, विज्ञबाट गैरे र जिल्लाबाट बिक्रान्त श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको केन्द्रिय सदस्यमा थप दुई जना मनोनित भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय महिला र पुरुषगरी थप दुई जना मनोनित गरेका हुन् ।

महासंघका अनुसार अध्यक्ष गोल्छाले उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष बिक्रान्त श्रेष्ठलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् ।

यसैगरी महासंघलाई योगदान पुर्याएको आधारमा कल्पना गैरेलाई मनोनित गरिएको छ । महासंघका पूर्व कार्यसमिति सदस्य गैरेलाई महासंघमा योगदान पुर्याएको भन्दै पुनः मनोनित गरिएको छ ।

महासंघमा ५ जना केन्द्रिय सदस्य मनोनित हुनेमा यस अघि एक नम्बर प्रदेशका अध्यक्ष नरेन्द्र खड्का र महिना कोटामा रिता सिंह मनोनित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL