Logo

पेट्रोलियम अभावले संयुक्त राष्ट्रसंघको कममा समस्या, राहत वितरणमा ढिलाई

पेट्रोलियम अभावले संयुक्त राष्ट्रसंघको कममा समस्या, राहत वितरणमा ढिलाई


बिजखबर संवाददाता
0
Shares

काठमाण्डौ । पेट्रोलियम अभावका कारण संयुक्त राष्ट्रसंघले नेपालमा भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको छ । भारतले गरेको अघोषित नाकाबन्दी र त्यसबाट हुनगएको इन्धन अभावले राहत सामग्री वितरणका कठिनाइ भएको जानकारी दिएको हो ।

संयुक्त राष्टसंघको मानवीय सहायता समूहले भूकम्प प्रभावितहरुको लागि अत्यावश्यक सामग्रीहरु वितरण गर्न ढिलो हुँदै गएको जनाएको छ ।

समूहका संयोजक ज्यामी म्याकगोल्डरिकका अनुसार सेप्टेम्बरदेखि इन्धनको अभाव हुँदा जाडोयामका लागि चाहिने वस्तुहरुको आपूर्ति प्रक्रिया अवरुद्ध भएको बताएको छ । साथै, जोखिममा रहेको परिवारहरुलाई हिउँद नलाग्दै अत्यावश्यक वस्तुहरु आपूर्ति गर्नको लागि तत्काल इन्धनको व्यवस्था हुनुपर्ने बताएको छ ।

समयमै राहत वितरणको काम सकिने भएपनि इन्धनको अभावले गर्दा ढिलाई भएको उक्त समुहको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL