Logo

सन् २०२८ सम्ममा चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने, यसकारण अमेरिका पछि पर्ने

सन् २०२८ सम्ममा चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने, यसकारण अमेरिका पछि पर्ने



काठमाडौं । सन् २०२८ सम्ममा अमेरिकालाई पछि पार्दै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपणसहितको प्रतिवेदन शनिबार बेलायतमा सार्वजनिक गरिएको छ ।

बेलायतमा कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च (सीईबीआर) ले चीनले यसअघिको आंकलन भन्दा ५ वर्ष अगाडि नै अमेरिकालाई पछि पार्दै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरेको हो ।

उसले छ कि कोरोना महामारीको समय र त्यसपछि तीनको व्यवस्थापकीय कुशलताका कारण आगामी वर्षहरुमा अमेरिका र युरोपीय देशको तुलनामा उसले सापेक्ष विकास बढाउनेछ ।

यो प्रतिवेदनको अर्को मुख्य कुरा भनेको सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउने प्रक्षेपण गरिनु पनि हो । सीईबीआरले हरेक वर्ष बक्सिङ डे अर्थात क्रिसमस डेको भोलिपल्ट विश्वभरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

निश्चित रुपमा कोरोना भाइरसको पहिलो पहिचान चीनमै भएको थियो । तर चीनले कोरोना नियन्त्रणका लागि अपनाएका कठोर उपायहरुकै कारण उसले अर्थतन्त्रलाई धरासायी बनाउने लकडाउनजस्ता गतिविधि पटक पटक गर्नुपरेन, जसरी युरोपेली देशहरुमा भइरहेको छ ।

यसको परिणामस्वरुप चीनले मुख्य अर्थव्यवस्था भएका अन्य मुलुकभन्दा विपरिथ सन् २०२० मा आर्थिक मन्दीबाट आफूलाई बचाएको छ र यो वर्ष झन्डै २ प्रतिशतको आर्थिक बृद्धिको प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL