Logo

महासंघ प्रदेश निर्वाचन : सूदुरपश्चिम प्रदेशमा शंकर बोगटी निर्विरोध हुँदा गण्डकीमा संजिब कोइराला अध्याधिक मतले बिजयी

महासंघ प्रदेश निर्वाचन : सूदुरपश्चिम प्रदेशमा शंकर बोगटी निर्विरोध हुँदा गण्डकीमा संजिब कोइराला अध्याधिक मतले बिजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको विभिन्न प्रदेशको शनिवार सम्मपन्न वार्षिक साधारणसभा एवं निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न साधारणसभावाट सूदुरपश्चिम प्रदेशबाट शंकर बोगटीको प्यानलनै निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि पनि सूदुरपश्चिम प्रदेशको अध्यक्ष रहेका बोगटी पुनः निर्विरोध निर्वाचित भएका हुन् । सूदुरपश्चिमका सफल युवा उद्यमी शंकर बोगटीको विपक्षमा उम्मेदवारी नभएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी गण्डकी प्रदेशमा शनिवार सम्पन्न निर्वाचनमा संजिव कोइराला निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी हरिओम शर्मा लामिछानेलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गण्डकी प्रदेशका १६ जिल्लामध्ये १५ जिल्लाओटा जिल्लाले मतदान गरेका थिए । जसमध्ये कोइरालाको पक्षमा ९ मत खसेको थियो । यसैगरी बस्तुगत सदस्यमा ३ मा ३ नै मत पाएका थिए भने एशोसिएट्सतर्फको ३५ मतमध्ये २८ मत प्राप्त गरेका थिए ।

कुल मतभारमध्ये कोइरालाले ५४ र प्रतिशत शर्माले २६ प्रतिशत मत प्राप्त गरेका थिए । गण्डकी प्रदेशमा उपाध्यक्ष लगायतका प्यानलनै कोइराला पक्षमा उम्मेदवार निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदमा भने निर्वाचन भएको थियो ।

यसैगरी शनिवारै सम्पन वागमती प्रदेशको निर्वाचनमा पनि निर्विरोध नेतृत्व चयन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL