Logo

उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको निर्वाचन : अध्यक्ष श्रेष्ठसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन

उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको निर्वाचन : अध्यक्ष श्रेष्ठसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । .शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मतरुपमा निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेशको चौथो प्रदेश सभाबाट कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरुको लागि भएको निर्वाचनमा उद्योग बाणिज्य क्षेत्रको उपाध्यक्षमा सविन श्रेष्ठ, बस्तुगत–एशोसिएट क्षेत्रको उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

यस्तै कोषाध्यक्ष पदमा गुणराज श्रेष्ठ सर्वसम्मत चयन भए । यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा श्याम थापा, कैलास पलाञ्चोके, शिव प्रसाद मानन्धर, जीवनकाजी माकजु श्रेष्ठ, हेमराज रिमाल र निर्वाचित भए । बस्तुगत क्षेत्रका कार्यकारिणी समिति सदस्यमा विरेन्द्रनाथ भट्टराई, एशोसिएट क्षेत्रका कार्यकारिणी समिति सदस्यमा प्रदीपमान प्रधान चयन भए । मनोनित सदस्यामा प्रतिमा भट्ट निर्वाचित भइन ।

यसअघि प्रदेश अध्यक्षमा सुदर्शन कार्की र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भनिएपनि कार्कीले श्रेष्ठलाई समर्थन गरेपछि अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध चयन भए । श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रिय सदस्य हुन् ।

यसैगरी वागमी प्रदेशको वस्तुतग तथा एशोसिएट्स उपाध्यक्षमा प्रकाश तिवारी र दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेपनि तिवारीले श्रेष्ठलाई उपाध्यक्षका लागि बाटो खुला गरिदिए र सहमतिमा निर्विरोध चयन गर्न सघाए ।

प्रतिक्रिया दिनुहोस्
MBL