Logo

नेपाल कुखुरा वितरक संघमा पाण्डे पुनः निर्वाचित, २० सदस्यीय नयाँ कार्य समिति चयन

नेपाल कुखुरा वितरक संघमा पाण्डे पुनः निर्वाचित, २० सदस्यीय नयाँ कार्य समिति चयन



काठमाडौं । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित भएका छ । संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाईँ र प्रकाश श्रेष्ठ, महासचिवमा नेत्रनारायण आचार्य, सचिवमा नरेन्द्र अधिकारी र सह–सचिवमा मोहोनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको सदस्यमा त्रिलोचन सुवेदी, गुरुप्रसाद सुवेदी, अनन्त दुवाडी, भरत पाण्डे, प्रेमप्रसाद गैंरे, सुरेशजङ्ग पाण्डे, प्रकाशमणि सापकोटा, इन्द्र क्षेत्री, मोहनबावु श्रेष्ठ, उमेश अधिकारी, सुदर्शन जोशी र राकृष्ण पुरी निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले किसानलाई माथि उठाउन नसकेसम्म व्यवसायीको हित हुन नसक्ने बताए । किसानको उत्थानका लागि सबै एक भएर काम गर्न जरुरी रहेको उनको भनाइ थियो । निर्वाचित भएपछि पाण्डेले सङ्घको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बजारको माग र आपूर्तिका कारण मूल्यमा तलमाथि हुने भएकाले यसमा कसैले मनोपोली गर्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL