Logo

मन्त्रिपरिषद पुनर्गठन, कुन मन्त्रालयमा को आए ?

मन्त्रिपरिषद पुनर्गठन, कुन मन्त्रालयमा को आए ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकमार्फत उनले नयाँ ७ मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)(मा आएको विभाजनसँगै केहिदिनअघि ७ जना मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

नयाँ आएका मन्त्रीहरुमा श्रम तथा रोजगार मन्त्रीमा प्रभु साह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तीमा मनि थापा, शिक्षा मन्त्रीमा दावा लामा, खानेपानी मन्त्रीमा गौरीशंकर चौधरी र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोप बहादुर रायमाझीलाई नियुक्त गरेका छन् ।

मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL