Logo

९ महिनादेखि बन्द सिनेमा हल खुले, चलचित्र आमा र सेन्टी भाइरसको पुनः प्रदर्शन

९ महिनादेखि बन्द सिनेमा हल खुले, चलचित्र आमा र सेन्टी भाइरसको पुनः प्रदर्शन



काठमाडौँ । पछिल्लो ९ महिनादेखि बन्द रहेको सिनेमा हल आउँदो आज बाट सञ्चालनमा आएका छन् । सरकारले अनुमति नदिए पनि हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले आजदेखि सिनेमा हल खोल्ने निर्णय गरेको हो ।

संघले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको भन्दै पुष १० गतेबाट एकपक्षिय रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत वर्षको चैत पहिलो साता लकडाउन घोषणा गरेपछि देशका हरेक क्षेत्र बन्द भए । सिनेमा हल भने लकडाउनभन्दा अगावैदेखि बन्द भएको थियो ।

दशैंअघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुल्ला भइसकेका छन् । तर, सरकारले सिनेमा हल खोल्न अझै अनुमति दिएको छैन । फिल्म छायांकन भने मंसिर अन्तिमबाट खुल्ला भएको छ ।

सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने र गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीहरुले बताएका छन् । १० महिनापछि खुल्न लागेको सिनेमा हलमा शुक्रवारबाट प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्