Logo

आजै मन्त्रिपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री ओली, कस-कसको खुल्दैछ भाग्य ?

आजै मन्त्रिपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री ओली, कस-कसको खुल्दैछ भाग्य ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सम्भवत आजै मन्त्रिपरिषद बस्तिार गर्ने बालुवाटार स्रोतको दाबी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै हुने बिहीबार बताएका थिए ।

उक्त समूहको बिहीबार भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै उनले केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।

यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले एकैपटक सातैजना मन्त्री थप्ने तयारी गरेका छन् । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको पनि दाबी गरे।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकाङ्क्षीहरू बढेका छन् । मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूमध्येबाटै मन्त्री नियुक्त गर्ने तयारी गरेको पनि स्रोतले जानकारी दियो । आृेली पक्षको बिहीबारको बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL