Logo

प्रदेश अध्यक्षमा ढकाल समुहको विजयी सुरुवात, कर्णाली प्रदेश अध्यक्षमा पदम शाही निर्विरोध

प्रदेश अध्यक्षमा ढकाल समुहको विजयी सुरुवात, कर्णाली प्रदेश अध्यक्षमा पदम शाही निर्विरोध



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा ढकाल समुहको विजयी सुरुवात भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ७ ओटै प्रदेशको निर्वाचन हुन लागेकोमा कर्णाली प्रदेशको अध्यक्षमा पदम शाही निर्विरोध निर्वाचित भएका हुन् । कर्णाली प्रदेशको आजसम्म भएको उम्मेदवारी मनोननयमा अध्यक्ष पदमा शाही बाहेक अन्यको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

शाही यस अघि पनि कर्णाली प्रदेशका अध्यक्ष हुन् । उनी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल समुहका उम्मेदवार हुन् ।

यसैगरी कर्णाली प्रदेशको एशोसिएट्स उपाध्यक्षमा प्रकाश उप्रेती र कोषाध्यक्ष पदमा सुदन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनीहरु दुबै ढकाल समुहकै उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL