Logo

शनिबार ह्वावे आईसिटी अवार्डको ग्रान्ड फिनाले, तयारी पुरा

शनिबार ह्वावे आईसिटी अवार्डको ग्रान्ड फिनाले, तयारी पुरा



काठमाडौं । ह्वावे आईसिटी अवार्ड २०२० को ग्रान्ड फिनाले हुने भएको छ । सन २०१६ देखि लिभिङ विद आईसिटीले आयोजना गर्दै आएको उक्त अवार्ड यो बर्ष भने डिसेम्बर २६ तारिखका दिन हुने भएको हो । काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने उक्त अवार्ड फीनालेको हिमालय टेलिभिजन, डिस होमका विभिन्न च्यानल तथा अनलाईन, हाम्रो पात्रोलगायतमा लाईभ प्रशारण हुनेछ ।
फिनालेमा स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाएर कार्यक्रम सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ । अवार्डमा गतबर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएका थिए । उक्त छनौट प्रक्रियाका लागि मात्रै ४ महिनाको समय लागेको आयोजकले जानकारी दिएको छ । उक्त छनौटका लागि २५ बढी जुरी मिटिङ सम्पन्न भएका छन् ।

ह्वावे आईसिटी अवार्ड २०२० मा विभिन्न ११ विधाहरु रहेको भएपनि एक विधा थप गरेर जुरी मेन्सन आईसिटी अवार्ड २०२० पनि प्रदान गरिने भएको छ । यो बर्ष ३ सय ५० बढीको अनलाईन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्