Logo

जनकपुरको लोकप्रिय मिथिला डिपार्टमेन्टमा भीषण आगलागी, करोडौको सामान जलेर नष्ट

जनकपुरको लोकप्रिय मिथिला डिपार्टमेन्टमा भीषण आगलागी, करोडौको सामान जलेर नष्ट



काठमाडौं ।  जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । करीब १०ः३० बजे लागेको आगोले करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ ।

नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ ।

धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन ।

डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले रू पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताए । यो डिपार्टमेन्ट स्टोर जनकपुरमा लोकप्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL