Logo

जनवरीदेखि जापानको नारितामा साताको दुई उडान गर्ने तयारीमा निगम, गृहकार्य शुरु

जनवरीदेखि जापानको नारितामा साताको दुई उडान गर्ने तयारीमा निगम, गृहकार्य शुरु



काठमाडौं । जनवरीदेखि जापानको नारितामा नेपाल वायुसेवा निगमले २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही समय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ ।

अब जनवरीदेखि सातामा दुर्इ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल एयरलाइन्सका सह प्रवक्ता सुलेख मिश्रले बताए । नेपाल एयरलाइनसले वाइडबडीमार्फत नारिता उडान गर्दै आएको छ ।

जापानको ओसाकामा पनि उडान गरेको एयरलाइन्सले सो ठाउँमा नेपालीको बाहुल्यता कम रहेको भन्दै उडान बन्द गरेको थियो । ओसाका उडान बन्द भएको झण्डै एक वर्ष भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL