Logo

अहिलेसम्म कोरोना बीमाको डेढ अर्ब बढी दाबी भुक्तानी : १५ हजार ३८१ जनाले पाए, २ हजार ६८६ जना प्रक्रियामा

अहिलेसम्म कोरोना बीमाको डेढ अर्ब बढी दाबी भुक्तानी : १५ हजार ३८१ जनाले पाए, २ हजार ६८६ जना प्रक्रियामा



काठमाडौं । पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीको दर बढेको छ । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले पटकपटक दावी भुक्तानीमा ढिलाई हुनेगरेको भन्दै अनुगमन गरेपछि हाल भुक्तानी तिव्र रुपमा हुन थालेको हो ।

बीमा समितिका अनुसार हिजो अर्थात बुधबारसम्ममा १५ हजार ३ सय ८१ जना कोरोना संक्रमित बीमितले दावी भुक्तानी पाईसकेका छन् । उनीहरुले हालसम्म १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी पाएका हुन् ।

समितिका अनुसार हालसम्म २ हजार ६ सय ८६ जना भने दावी भुक्तानी पाउने प्रक्रियामा छन् । यस्तै हालसम्म ३ हजार ५ सय ५५ जनाको फाइल ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेका छन् भने ७४५ जनाको फाइल पठाउने तयारीमा छन् ।

साथै बीमा समितिका अनुसार २ हजार ५३ जनाको फाइलहरु डकुमेन्ट नपुगेर कम्पनीमै फिर्ता गरिएको छ । यस्तै ३ हजार ७ सय ९८ जनाको फाइल भने स्विकृति हुन बाँकी रहेको समितिले जानकारी दिएको छ ।

यस्तै हालसम्म कोरोना बीमा रकम दावी गरेका ७६ जनाले भने भुक्तानी नपाउने भएका छन् । उनीहरुको फाईल दोहोरो भएको र एक कम्पनीबाट मात्रै बीमा रकम पाउने हुनाले उनीहरुले दावी भुक्तानी नपाउने नेपाल बिमक संघले जानकारी दिएको छ ।

बीमा समितिले ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो । सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० तिरेर १ लाखको बीमा गर्न सकिने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL