Logo

पाँच महिनामा नेपालको व्यापार : १० प्रतिशतले आयात घट्दा निर्यात पाँच प्रतिशतले वृद्धि

पाँच महिनामा नेपालको व्यापार : १० प्रतिशतले आयात घट्दा निर्यात पाँच प्रतिशतले वृद्धि



काठमाडौं । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्क अनुसार चालू आवको पाँच महिनाको अवधिमा रु पाँच खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो ।

गत आवमा रु पाँच खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी पाँच महिनाको अवधिमा रु ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL