Logo

थाईल्याण्डका राजदुत र चेम्बर प्रतिनिधिबीच भेट, बैंकक–लुम्बिनी सिधा हवाई सेवाका लागि पहल गर्न आग्रह

थाईल्याण्डका राजदुत र चेम्बर प्रतिनिधिबीच भेट, बैंकक–लुम्बिनी सिधा हवाई सेवाका लागि पहल गर्न आग्रह



काठमाडौं । नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकक–लुम्बिनीबीच सिधा हवाईसेवाको लागि पहल गर्न आग्रह गरेका छन् । बुधबार नयाँ कार्यकालका लागि शुभकामना दिनेगरी आयोजना गरिएको कार्यक्रममा उनले बुद्धिस्ट सर्किट प्रवद्र्धनकका लागि उक्त पहल गर्न आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा थाईल्याण्ड र नेपालबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका सम्भावनालाई उजागर गर्नसमेत आग्रह गरेका छन् । यस्तै उनले नेपालमा लगानीको वातावरण बनिसकेकाले ठुला पुर्वाधार निर्माणका ग्लोबल टेन्डरमा थाई कम्पनीहरुलाई पनि सहभागी हुनका लागि पहल गर्नसमेत आग्रह गरेका छन् । उनले नेपालमा जडिबुटी, कृषि तथा पर्यटन क्षेत्रमा प्रशस्तै लगानीको सम्भावना रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उनले थाईल्याण्ड बुद्धमार्गीहरुको मुलुक भएकाले नेपालमा थाई नागरिकलाई पर्यटकको रुपमा भित्र्याउनका लागि थाई पर्यटन बोर्डले उल्लेखनिय योगदान पुर्याउन सक्ने बताए । सोहीअनुसार पहल गरिदिनसमे उनले आग्रह गरेका छन् ।

कार्यक्रममा थाई राजदुत भोरासफले नेपाली व्यवसायीक संस्थाहरुसँग सहकार्य गरी दुर्व देशको आर्थिक सम्बन्धी विस्तारका लागि पहल गर्ने बताए । उनले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न वुद्धिस्ट सर्किट र बैंकक–लुम्बिनी सिधा हवाई सम्पर्कलाई सकारात्मक रुपमा लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL