Logo

काठमाडौं महानगर र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध, धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता

काठमाडौं महानगर र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध, धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता



जुम्ला । काठमाडौं महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाले पूर्णता पाएको छ । मंगलबार जुम्लामा आयोजित कार्यक्रममा दुई नगरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

भगिनी सम्बन्ध स्थापनापछि चन्दननाथ नगरपालिका–३ स्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता भएको छ । सहमति र सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले हस्ताक्षर गरे ।

सो पार्कका लागि काठमाडौं महानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । ०७६ पुस १७ गते काठमाडौंको कार्यपालिका बैठकले चन्दनाथसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको थियो । बुधबार त्यसले औपचारिकता पाएको हो ।

कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख शाक्यले स्थानीय सरकारका विविधताभित्रका समानता खोज्ने, अनुभव र सिकाइ आदानप्रदान गर्ने उद्देश्यका साथ मुलुकभित्रका नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको बताए ।

चन्दननाथकी प्रमुख कान्तिका सेजुवालले काठमाडौंसँगको सम्बन्धबाट आफूले गौरव महसुस गरेको बताउँदै नगरबासीकातर्फबाट आभार प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL