काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा गिरावट आउँदा प्रतिोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर उक्त मूल्यमा कारोबार भईरहेको हो ।
यस्तै आज चाँदीको मुल्यमासमेत ५० रुपैयाँको गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्यमा गिरावट आउँदा मूल्य घटेर १ हजार २ सय ६५ रुपैयाँ प्रतितोला पुगेको हो ।