Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टर भवन निर्माणार्थ आर्थिक सहयोग प्रदान

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टर भवन निर्माणार्थ आर्थिक सहयोग प्रदान



काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगर स्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवननिर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ ।

बैंककाप्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई दुई लाखपचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंकले नागरिक केयर सेन्टरको भवननिर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्तगर्दै बैंकलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL