Logo

महासंघको प्रदेश निर्वाचनमा भाडभैलो, संस्थापन पक्षले कार्टेलिङ गरेको भन्दै उजुरी र मुद्दाको चाङ

महासंघको प्रदेश निर्वाचनमा भाडभैलो, संस्थापन पक्षले कार्टेलिङ गरेको भन्दै उजुरी र मुद्दाको चाङ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश निर्वाचनमा उम्मेदवार छनौट तथा मताधिकारमा महासंघ सस्थापन पक्षले कार्नेलिङ गरेको भन्दै सोका विरुद्ध उजुरी तथा मुद्दा दायर गर्ने क्रम बढेको छ ।

महासंघ केन्द्रिय कमिटिले यसअघि निर्वाचनको मिति घोषणा गर्दा उम्मेदवारी मनोनयन तथा मताधिकारका सम्बन्धमा महासंघको मुल विधानमै नभएको व्यवस्था राखी उम्मेदवारी मनोनयन तथा मदाधिकारमा बन्देज लगाएको भन्दै ऊजुरी तथा मुद्दा दायर गरेका हुन् ।

महासंघको विधानमा भएको व्यवस्था विपरित उम्मेदवारी मनोनयनमा रोक लगाएको भन्दै गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले उक्त व्यवस्था खारेज गरी पाउँ भनी महासंघ सचिवालयमा निवेदन हालेका छन् । यसैगरी वागमती प्रदेश अन्तगरगतका दोखला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदर्शन कार्कीले पनि सोही अनुरुप महासंघ सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

यसैगरी महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वागमती प्रदेशका हालका अध्यक्ष दिनेश श्रेष्ठले आफु निकटका व्यक्तिलाई निर्वाचनमा जिताउन महासंघको विधान तथा प्रदेश नियमावलीभन्दा बाहिर गएर जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुलाई मदाधिकारबाट बन्देज गरेको भन्दै आफुहरुलाई पनि मदातान गर्ने व्यवस्था गरियोस भनी महासंघ सचिवालयमा उजुरी दर्ता गराएका छन् । साथै उनीहरुले सोही अनुरुप श्रेष्ठले विधान र नियमावली विपरित गएर आफु निकटका व्यक्तिलाई मात्रै मदाधिकार दिएको भन्दै विशेष अदालत पाटनमा समेत मुद्दा हाल्ने भएका छन् ।

‘महासंघको विधान अनुसार यसअघिको साधारणसभाभन्दा अघि सदस्य पाएका ५२ ओटा एशोसिएट्स कम्पनी, २४ जिल्ला नगर संघ र ५ वस्तुगत संघले आसन्न प्रदेश निर्वाचनमा मतदान गर्न पाउनेछन्,’ प्रदेशकै एक कार्यसमिति सदस्यले भने, ‘तर अहिले नियम विपरित गएर ४० ओटा एशोसिएट्स सदस्य, १ वस्तुगत संघ र ४ ओटा जिल्ला नगर संघलाई साधारणसभाभन्दा अघि सदस्यता प्राप्त गरेको भएता पनि साधारणसभामा उपस्थित नभएको भन्दै दूरसापूर्ण तरिकाले मदतानबाट बञ्चित गरिएको छ ।’

यसैगरी २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर शाह (हिरा) ले अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले यस अघि भएको महासंघ केन्द्रिय कार्यसमिति निर्वाचननै अवैधानिक रहेको भन्दै अहिले गर्न लागिएको प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन समेत रोकी पाउँ भनी अदालतमा मुद्दा दायर गर्ने भएका छन् । साथै उनले अहिलेकै अवस्थामा महासंघ केन्द्रिय कार्यसमितिलाई अहिलेकै अवस्थामा निर्वाचन गरेर देखाउन समेत चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL