Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९ सय रुपैंयाले बढेको सुनको मूल्य आज ३ सयले घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९४ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL