Logo

जननिर्वाचित सरकारले काम गर्न नपाउँदा पुनरावेदन गर्न जाने ठाउँ आमजनता नै हो : प्रधानमन्त्री ओली

जननिर्वाचित सरकारले काम गर्न नपाउँदा पुनरावेदन गर्न जाने ठाउँ आमजनता नै हो : प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बाध्य भएर संसद विघटन गरेको बताएका छन् । जननिर्वाचित सरकारलाई काम गर्न नदिएपछि पुनरावेदन गर्न जाने ठाउँ जनता भएकाले आफूले जनतामा जाने निर्णयमा पुगेको बताए ।

जननिर्वाचित सरवकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ आम जनता नै भएको प्रधानमन्त्रीले बताए । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानुबाहेकको अर्को विकल्प नभएको तर्क गरे । जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने काम अप्रत्यासित जस्तो देखिएपनि नेकपाका केही नेताले सरकार गठन भएदेखि नै असहयोग गरेको र जनभावना अनुसार काम गर्न नदिएपछि आफू बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रधानमन्त्रीले सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान पनि गरे।

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुचि र छनौटका विषय नभए पनि बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गरे । ‘मुलकलाई अर्कमण्य अवस्थामा राख्न उचित थिएन् । संसदलाई केही नेताका बन्धक बनाइराख्नु जनादेशको अपमान हुन जान्थ्यो,’ उनले भने, ‘दलभित्रको कचिगंलले प्रतिनिधि सभालाई समेत सिकार बनाउने अवस्था पनि अन्त गर्नुपर्थ्यो । यसै परिस्थितिमा नयाँ जनादेशमा जाने निर्णयमा पुगेको हुँ ।’

प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिए । उनले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताए । ‘प्रधामन्त्री बन्न व्यग्र प्रतिक्षावान र प्रयासमा रहनुभएका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ,’ उनको भनाइ थियो ।

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL