काठमाडौं । काठमाडौंका केही ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोक सम्म बिजुली जाने छ ।
एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्दुत अपुर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ ।