Logo

प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीहरुले दिए सामुहिक राजीनामा

प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीहरुले दिए सामुहिक राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनसँगै मध्यावधिक चुनावको प्रस्ताव पारित गरेसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसालले आज सामुहिक राजीनामा दिएका हुन् । उनिहरु सबै मन्त्रीले पार्टी एकतालाई बचाईराख्ने प्रयास गरेपनि आफ्नो मान्यता नरहेको अभिव्यक्ति दिएका छन् ।

प्रचण्ड नेपाल पक्षका ७ मन्त्रीहरुले दिए सामुहिक राजीनामा

प्रतिक्रिया दिनुहोस्
MBL