Logo

नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीका सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेका थियो ।

कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाईसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL