Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघठन, दुई चरणमा तोकियो मध्यावधि निर्वाचतको मिति

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघठन, दुई चरणमा तोकियो मध्यावधि निर्वाचतको मिति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठन गरेका छन् । आईतबार बिहान बसेको मन्त्रिपरिषद्को बैंठकले संसद विघठन गर्न गरेको सिफारिस अनुरुप राष्ट्रपति भण्डारीले संसद विघठन गरेका हुन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि संसद विघठन गरिएको हो,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी सोही मितिमा निर्वाचनको मिति तोक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL