Logo

आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म काठमाडौंका यी स्थानमा बिजुली नआउने

आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म काठमाडौंका यी स्थानमा बिजुली नआउने



काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गरिने भएकोले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ ।

विद्युत् आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म कटौती हुनेछ । प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

प्रतिक्रिया दिनुहोस्
MBL