Logo

काठमाडौं उपत्यकाको जोर-बिजोर आजदेखि हट्यो, रात्रीकालिन व्यवसाय सञ्चालनका लागि पनि अनुमति

काठमाडौं उपत्यकाको जोर-बिजोर आजदेखि हट्यो, रात्रीकालिन व्यवसाय सञ्चालनका लागि पनि अनुमति



काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । विहिबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायीले पनि जोर–बिजोर हटाउन माग गर्दै आएका थिए । लकडाउन खुकुलो गरेर उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।

साथै रात्रीकालिन व्यवसाय पनि सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छ । भिड नहुने गरी डिस्को, क्लब तथा डान्सबारहरु सञ्चालन हुन थालेका छन् । फिल्म हल भने अझै सञ्चालन गर्न दिइएको छैन । यधपी सिनेमा ग्ल व्यवसायीले पुष १० गतेबाट सिनेमा हाल खोल्ने एकतर्फी निर्णय गरेका छन् ।

कोरोना महामारीको कारण देखाएर उपत्यकामा भदौ ३ गतेदेखि अत्यावश्यक सेवामा बाहेको निषेधाज्ञा लगाइएको थियो भने असोज १ गतेदेखि निषेधाज्ञा हटाएर उपत्यकामा जोरबिजोर लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्