Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५० निर्धारण गरिएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय र तेजावी सुनको मूल्य ९२ हजार ०५० मा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्यमा प्रतितोला  २५ रुपयाँ बढेर १२ सय ५५मा कारोबार हुने महासंघले जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० मा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
MBL