Logo

नौ महिनापछि नेपाल-भारत उडान सुरु, दैनिक दुई वटा उडान हुने

नौ महिनापछि नेपाल-भारत उडान सुरु, दैनिक दुई वटा उडान हुने



काठमाडौं । नौ महिनापछि नेपाल–भारत उडान सुरु भएको छ । नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पूरा गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ ।

काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ । कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्विपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो ।

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो । कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट नेपाल–भारत उडान बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL