Logo

बोटलर्स नेपाल लिमिटेडले पायो ऊर्जा बचत पहलका लागि ५.२ मिलियन पुरस्कार

बोटलर्स नेपाल लिमिटेडले पायो ऊर्जा बचत पहलका लागि ५.२ मिलियन पुरस्कार



काठमाडौं । कोकाकोला नेपालको लागि बोटलिंग पार्टनर, बोटलर्स नेपालले ५ दशमलव २ मिलियनबराबरको अनुदान प्राप्त गरेको छ । कम्पनीले ऊर्जा बचत पहलमा गरेको प्रयासका उक्त अनुदान प्राप्त गरेको हो । उक्त् अनुदान ‘नेपाल उर्जा दक्षता कार्यक्रम’ को एक हिस्सा हो जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त गरेको छ । जसअन्तर्गत भीएफडी अनुकूलता सहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछन । यी पहलहरूको मौलिक उद्देश्य कोकाकोलाको २०२०सम्ममा कार्बन फुटप्रिन्ट २५ प्रतिशतमा घटाउने विश्वव्यापी स्थिरता उद्देश्य द्वारा संचालित थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेल नेपाल सरकारको आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा खुसी लागेको बताए । उनले आपूर्ति श्रृंखलामा महत्वाकांक्षी लक्ष्यहरू राखेको बताउँदै उत्सर्जन घटाउन र ऊर्जा बचत गर्न अझै परिवर्तन गर्ने जानकारी दिए ।

बोटलर्स नेपाल लिमिटेड काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा उर्जा दक्षताका लागि प्रयासरत छ, र सम्पूर्ण मूल्य श्रृंखलामा उर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरु मार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको छ ।

वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL