Logo

अर्थमन्त्री-फिनिस राजदूत भेट, नेपालको विकास सहायता वृद्धिमा फिनल्यान्डले सघाउने

अर्थमन्त्री-फिनिस राजदूत भेट, नेपालको विकास सहायता वृद्धिमा फिनल्यान्डले सघाउने



काठमाडौं । नेपालको विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिमा फिनल्यान्डले सहयोगको प्रतिबद्धता गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार शिष्टचार भेट गर्दै नेपालको विकास सहायता परिचालन तथा कोभिड–१९ नियन्त्रणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्यान्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउँदै सहायता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL