Logo

सुनको मूल्यमा प्रतितोला ८ सयले वृद्धि, यस्तो छ आजको मूल्य

सुनको मूल्यमा प्रतितोला ८ सयले वृद्धि, यस्तो छ आजको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मंगलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मंगलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मंगलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL