Logo

उखु किसानको आन्दोलन चौथो दिनमा, उद्योग मन्त्रीले गरेको छलफलको प्रस्ताव किसानद्धारा अस्वीकार

उखु किसानको आन्दोलन चौथो दिनमा, उद्योग मन्त्रीले गरेको छलफलको प्रस्ताव किसानद्धारा अस्वीकार



काठमाडौं । संघीय राजधानी काठमाडौं आएर आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानहरुको आन्दोलन चौथो दिनमा प्रवेश गरेको छ । गतबर्ष भएको उखुको उद्यारो भुक्तानी सम्झौताअनुसार सम्झौता कार्यान्वयन नभएपछि उखु किसानहरु यसपटक पनि पुनः काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

गत आइतबारदेखि आन्दोलनमा उत्रिएका किसानहरु बुधबार चौथो दिनपनि आन्दोलनमै छन् । आन्दोलनरत किसानहरुले उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयमै आएर बाँकी भुक्तानी दिलाउने सम्झौता गर्न आग्रह गरेपनि किसानहरुले भने मन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् ।

उखु किसानहरुले पोहोर साल भईसकेको सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपनि मन्त्रालयबाट पुनः सम्झौता गर्नेगरी पत्र आएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय बताउँछन् । ‘पोहोर साल भइसकेको सम्झौता फेरी किन गर्ने ?’ उनले भने, ‘त्यही भएर हामी मन्त्रालयमा गएका छैनौं ।’

मन्त्रालयले मंसिर २९ गते उखु किसानलाई मन्त्रालयमा आएर सम्झौता गर्न भन्दै पत्र पठाएको थियो । तर उक्त पत्रमा भने उखु किसान संघर्ष समिति काठमाडौं उल्लेख गरिएको सचिव रायले बिजखबरलाई जानकारी दिए ।

आफुले पाउनुपर्ने सबै बक्यौता रकम लिएरै जानेगरी आन्दोलनमा उत्रिएका किसानहरुले बाँकी रकम भुक्रान िनपाएसम्म आन्दोलन जारी नै राख्ने बताएका छन । आन्दोलनकै क्रममा मन्त्रालयमा जाने र छलफल गर्ने निर्णयसमेत बुधबार हुने किसानहरु बताउँछन् । उखु किसानले मन्त्रालयमा गएर मन्त्रीसँगै आम्नेसाम्ने कुरा गर्न तयार रहेको तर, पोहोर सालको सम्झौता कार्यान्वयन हुनेभए मात्रै मन्त्रालयमा जाने बताउँदै आएका छन् ।

गत बर्ष विभिन्न चिनी उद्योगहरुले उखु किसानको करोडौ रुपैयाँ नदिएको भन्दै काठमाडौंमा उखु किसानले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात मन्त्रालयस्तरबाटै चाँडोभन्दा चाँडो उखु किसानको बक्यौता तिराउन ताकेता गर्नेगरी सम्झौता भएको थियो ।

उक्त सम्झौता भएको केहिदिन सरकारले चासो दिएपनि उद्योगीले किसानको केही मात्रै बक्यौता भसक्तानी गरे भने सरकारले पनि वेवास्ता गर्दा किसानले बाँकी रकम पाएनन् । सम्झौताबमोजिम आफुले पाउनुपर्ने रकम नपाएपछि किसानहरु पुनः काठमाडौं आएका छन् ।

आन्दोलित किसानले आफ्ना माग पुरा नभएसम्म घर नफर्किने अठोट गरेका छन् । यस्तै किसानहरुले बालुवाटारसमेत घेर्नेगरी आन्दोलनको समयतालिका बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL