Logo

नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को शीर्ष चारमा

नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को शीर्ष चारमा



काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको अन्तिम चारमा पुगेका हुने ।

साह मंगलबार राति फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भए । उनले यस चरणमा डिजर्टको रुपमा नेपाली मौलिक कोदोको खिर, आँपको कुल्फी र आँपको ‘अमौरा’ बनाएर निर्णयकलाई पस्किएका थिए ।

साहले हरेक चरणमा नेपाली मौलिक खानाको परिकार बनाउँदै आएका छन् । १० नोभेम्बरबाट शुरु भएको उक्त प्रतियोगीतामा सन्तोषले पहिलो राउन्डमा जजले दिएको परिकार तयार गर्नु भएको थियो भने दोस्रो राउण्डमा आफैले नेपाली परिकार तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL