Logo

नेकपा विवादमा अर्को ट्वीस्ट, सभामुखले बैठक बहिष्कार गरेपछि जारी भयो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

नेकपा विवादमा अर्को ट्वीस्ट, सभामुखले बैठक बहिष्कार गरेपछि जारी भयो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश



३० मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादमा अर्को ट्वीस्ट आएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमां राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन् ।

पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो भने २८ गतेपनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।

आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या पुगेको थिएन। संवैधानिक परिषद्मा सदस्य रहने उपसभामुख पद रिक्त छ । एकजना उपस्थित नहुँदा गणपुरक संख्या नपुग्ने भएकोले अध्यादेशमार्फत सो व्यवस्था हटाएर उपस्थितमध्ये बहुमतका आधारमा निर्णय गरिने उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL