Logo

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान, ‘डिप्लोमेट अफ दी इयर’ अवार्डबाट सम्मानित

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान, ‘डिप्लोमेट अफ दी इयर’ अवार्डबाट सम्मानित



काठमाडौं । इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्य ‘डिप्लोमेट अफ दी इयर’ बाट सम्मानित भएकी छन् । एम्बासडर क्लब अफ इजरायलले एक कार्यक्रम गरी उनलाई सम्मान गरेको हो ।

अवार्ड केही महिनाअघि नै घोषणा गरिए पनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन ।

क्लबका अध्यक्ष याथका इल्डन र इजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुखले संयुक्त रुपमा राजदूत शाक्यलाई अवार्ड प्रदान गरेका हुन् ।

आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपाललाई ईजरायलमा राम्रो बनाउन सफल भएकोले वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ।

अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख गिल हस्केल, मन्त्रालयकै एशिया प्रशान्त डिभिजनका उपप्रमुख राजदूत माइकल रोनेन, ईजरायलका लागि म्यानमारका राजदूत एच. ई. माउंग माउंग लिन, क्लबका उपाध्यक्ष, निर्देशकहरूको बोर्ड, सीईओ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL