Logo

अर्थमन्त्री भन्छन्, आर्थिक विकासका लागि ऊर्जा निर्यात र पर्यटन आम्दानी बढाउनुपर्छ

अर्थमन्त्री भन्छन्, आर्थिक विकासका लागि ऊर्जा निर्यात र पर्यटन आम्दानी बढाउनुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
५ मंसिर, पोखरा । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । ‘आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर बढ्दो व्यापारघाटा घटाउनु पर्ने चुनौती छ,’ पोखर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उनले भने, ‘करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ ।’ साथै, नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनुपर्ने उनको भनाइ थियो । सो अवसरमा उनले नेपालले तीसौ लाख पर्यटक आकर्षित गर्न सक्ने संभावना बोकेको बताउँदै सरकार यी तीनै क्षेत्रको संभावना उजागर गर्न लागिपरेको बताए ।

DSCN5097

परम्परागत पर्यटनका अतिरिक्त नेपालमा आधुनिक खेल प्रतियोगिताहरु, स्वास्थ्य सेवा, शिक्षाको विकाससँग गाँसिएको पर्यटकीय संभावनाको पनि उजागर गर्नुपर्ने उनको भनाइ थियो । स्वदेशमै आर्थिक गतिविधिहरु बिस्तार गरी रोजगारी सिर्जना, उच्च आर्थिक बृद्धि र जनताको उच्च आम्दानी बृद्धिका लागि सरकारले काम गरिरहेको  उल्लेख गर्दै डा महतले लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधार गरिरहेको जानकारी  दिए । लगानीको लागि अनुकूल वातावरण तयार गर्न तीन दर्जन कानूनहरुमा सामयिक सुधार भैरहेको र औद्योगिक वातावरण निर्माणका लागि श्रमिकका लागि कल्याणकारी व्यवस्थाका साथै लगानीकर्ताहरुलाई सहज हुने श्रम कानून निर्माण भैरहेको समेत उनले जानकारी दिए ।

IMG_9696
उनले कर प्रशासनलाई लगानीमैत्री बनाउने काम भैरहेको र बर्तमान संरचनामा सुधार गर्ने काम भैरहेको जानकारी दिए । समृद्ध पोखराको संभावना नजिकिदै गरेको बताउँदै अर्थमन्त्री डा महतले पोखरीबासीको चाहना बमोजिम क्षेत्रीय विमानस्थल निर्माण हुन लागेको बताए । ‘यो राष्ट्रिय प्राथमिकताप्राप्त काममा परेकोले छिटै अगाडि बढ्ने छ,’ उनले भने । साथै, स्वदेशी बस्तुको उपभोग बढाउनुपर्ने उनको भनाइ थियो

कार्यक्रममा सभासद यज्ञबहादुर थापाले क्षेत्रीय विमानस्थल निर्माणसँगै पोखराको विकासको ढोका खुल्ने बताए । यसैगरी अर्का सभासद रवीन्द्र अधिकारीले औद्योगिक विकाससँग सम्वन्धित यस्ता प्रदर्शनीको आयोजनाले आर्थिक गतिबिधिहरुको बिस्तारमा सहयोग पुग्ने बताए । त्यस्तै कार्यक्रममा अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संबिधान निर्माणसँगै आर्थिक विकासलाई पनि तिब्रता दिनुपर्ने बताए । यसैगरी कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले क्षेत्रीय विमानस्थल निर्माणपछि पोखरा आर्थिक विकासको आकर्षणको केन्द्र हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL