Logo

शिखर ईन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक, पुर्ण क्षतिमा नयाँ सवारीसाधन दिने सुविधा

शिखर ईन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक, पुर्ण क्षतिमा नयाँ सवारीसाधन दिने सुविधा



काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले सोमबारबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजनाको शुभारम्भ गरेका हुन ।

कम्पनीका संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनीका डेपुटी सिर्इओ मोदर भण्डारीको उपस्थितिमा उक्त नयाँ अटो प्लस बीमा योजना सार्वजनिक गरिएको हो ।

शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL