Logo

शेष घले पुनः एनआरएनए अध्यक्षमा निर्वाचित

शेष घले पुनः एनआरएनए अध्यक्षमा निर्वाचित


बिजखबर संवाददाता
54
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी टीबी कार्कीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी रतन झाले घलेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनलाई जितका लािग सहज भएको थियो ।

बिहीबार भएको निर्वाचनमा घलेले कार्कीलाई भारी मतअन्तरले पराजित गरेका हुन । घलेले ८ सय ६७ मत पाएका पाएर विजयी भएका थिए भने उनीसँग पराजित कार्कीले २ सय ६६ मत पाएका छन् ।

उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १२ मत पाएका छन् । संघको महासचिवमा वद्री केसीले ५ सय ५५ मत पाएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा हिक्मत थापाले २ सय ६४ पाएर निर्वाचित भएका थिए भने सचिवमा अर्जुन श्रेष्ठले ३ सय ९३ मत पाएर बिजयी भएका छन् ।

संघको युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा निर्वाचित भएका छन् । त्यसैगरी, महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् ।

एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा निर्वाचित भएका छन् भने अमेरिका संयोजकमा सेनाम लामा र उपसंयोजकमा आङ छिरिग शेर्पा विजयी भएका छन् ।

युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वा्चित भएका छन् भने युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए । गल्फ संयोजकमा डीबी क्षेत्री तथा उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL