Logo

सेलपे र फोनपेबीच सहकार्य, सेलपेका ग्राहकले फोनपेको मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने

सेलपे र फोनपेबीच सहकार्य, सेलपेका ग्राहकले फोनपेको मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम पालि(सेलपे) र फोनपे पेमेण्ट सर्भिस (फोनपे) बीच सहकार्य भएको छ । उक्त सहकार्यअन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।

सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्युआर भुक्तानीमा रिवार्ड पोइन्टससमेत पाउनेछन् । उक्त सम्झौतापत्रमा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन् ।

कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

प्रतिक्रिया दिनुहोस्