Logo

सुनको मूल्यमा आज सामान्य गिरावट, ९२ हजार ४ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा आज सामान्य गिरावट, ९२ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९५० नै कायम रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL