Logo

अन्नपुर्ण चिनी मिलले भन्यो : हामी किसानको पैसा उद्योग बेचेरै भएपनि तिर्छाैं, भाग्दैनौ

अन्नपुर्ण चिनी मिलले भन्यो : हामी किसानको पैसा उद्योग बेचेरै भएपनि तिर्छाैं, भाग्दैनौ



काठमाडौं । अन्नपुर्ण चिनी मिलले उद्योग बेचेरै पनि किसानको पैसा भुक्तानी गर्ने जानकारी दिएको छ । आईतबार किसान आन्दोलित हुँदै काठमाडौं आएपछि उद्योगले किसानको पैसा तिर्न लागिपरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

आईतबार जारी गरेको विज्ञप्तिमा मिलले नेपालमा उद्योगी भएर जिउन गाह्रो रहेको भन्दै उद्योग बेचेर किसानको पैसा भुक्तानी गर्न तल्लिन रहेको उल्लेख छ । गत बर्ष सरकारसँग भएको सम्झौताअनुरुप नै किसानको पैसा भुक्तानी गर्नका लागि हरप्रयास गरेको उद्योगले जानकारी दिएको छ ।

‘हामीले सम्झौता भएयता मात्रै किसानको पैसा भुक्तानी गर्न धेरै संघर्ष गर्याै सोहीअनुसार १८ करोड रुपैयाँ भुक्तानी पनि गर्याैं,’विज्ञप्तिमा भनिएको छ, ‘तर हामी किसानको पैसा खाएर भागेका भने छैनौं ।’

गत बर्ष पुषमा भएको सम्झौताअनुरुप माग पुरा नभएपछि उखु किसानहरु आईतबारदेखि काठमाडौंमा आन्दोलित छन् । तर किसानको समस्या र दुख आफुले पनि बुझिरहेको उद्योगको ठम्याई छ ।

यस्तै उद्योगले विभिन्न प्रपन्च रचेर किसानलाई आन्दोलनमा उतार्ने र आफुले फाईदा कमाएपछि चुप लाग्ने गिरोह लागिपरेको जानकारी दिएको छ । कम्पनीले किसानको पैसा बुझाउन विभिन्न कार्य गरिरहेको उल्लेख गरेको छ ।

अन्नपुर्ण चिनी मिलले भन्यो : हामी किसानको पैसा उद्योग बेचेरै भएपनि तिर्छाैं, भाग्दैनौ

प्रतिक्रिया दिनुहोस्