Logo

ईसेवासँगको र कोजेन्ट हेल्थबीच सहकार्य घोषणा, अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

ईसेवासँगको र कोजेन्ट हेल्थबीच सहकार्य घोषणा, अनलाइन अपोइन्टमेन्ट सेवा सुरु



काठमाडौं । कोजेन्ट हेल्थले ईसेवासँगको सहकार्यमा अनलाइनमार्फत अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ ।

कोजेन्ट हेल्थले सुरू गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत बिरामी अथवा अन्य सर्वसाधारणले ईसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै इसेवामार्फत शुल्कसमेत भुक्तान गर्न सक्नेछन् ।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै भने, ‘स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएका छौं ।’

यो सेवाको शुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने मात्र नभई ईसेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पुग्ने कम्पनीको दाबी छ।

कोजेन्ट हेल्थ प्रा।लि। स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माण गर्ने कार्य गर्दछ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट्स र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL