Logo

जलवायु महत्वाकांक्षा सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन, हरित यात्रामा नेपालको विश्वलाई साथ

जलवायु महत्वाकांक्षा सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन, हरित यात्रामा नेपालको विश्वलाई साथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै प्रधानमन्त्री ओलीले जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको जनाएका छन् ।

जलवायु सम्मेलनलाई गरेको सम्बोधन गर्दे उनले विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको बताएका छन् ।प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगित गर्न बाध्य तुल्याए पनि सफा एवं हरित धर्ती निर्माण सम्बन्धी अभियान स्थगित हुन नसक्नेसमेत बताएका छन् ।

पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन नेपालले गरेको उनको भनाई छ ।

महामहिमज्यूहरु,

विशिष्ट महानुभावहरु,

यस सम्मेलनको आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु ।  कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्।

नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ । हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।

हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।

हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं । विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।

नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य: प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ । हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।

सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं । यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ । 

हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
MBL