Logo

अर्थमन्त्री पौडैल भन्छन-‘अर्थतन्त्र पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती छ, सबै मिलेर सहकार्य गरौं’

अर्थमन्त्री पौडैल भन्छन-‘अर्थतन्त्र पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती छ, सबै मिलेर सहकार्य गरौं’



काठमाडौं । अर्थमन्त्री विष्णु पौडैलले आर्थिक सामाजिक जीवनलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती आइपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको पाँचौं महासभामा अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण प्रभावित आर्थिक सामाजिक जिवनलाई पूर्ववत अवस्थामा फर्काउन ठुलो चुनौती आइपरेको बताए ।

पौडलले कोरोनाको भ्याक्सिनलाई सहजरुपमा आपूर्ति गर्ने सरकारको अवको प्राथमिकता रहेको स्पष्ट पारेका छन् । मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सिन सहजरुपमा आपूर्ति गर्ने सरकारको अवको प्राथमिकता रहेको बताएका हुन् ।

मन्त्री पौडेलले कोरोनाविरुद्धको लडाईमा सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्तीहरु र नागरिकबीच भइरहेको सहकार्यको प्रशंसा गर्दै मन्त्री पौडेलले चुनौतीको सामना गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सिन आपूर्ति गर्ने जानकारी दिँदै यसबारे अन्य देशहरुसँग छलफल भइरहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र उपचार सरकारले गर्ने उल्लेख गरे ।

जनताको जीवनरक्षा र जीविकाको रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाई छ । मन्त्री पौडेलले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी ढंगले काम गरेको तर्क गरे ।

फरक प्रसंगमा उहाले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए । पौडेलले नीजि, सहकारी र उत्पादनवाहक क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफलमार्फत् नै समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असजिलो अवस्थामा पनि नेपालको समग्र आर्थिक सूचांक अन्तरगत आर्थिक वृद्धिबाहेक सबै सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताए । उद्योगपति पवन गोल्यानले कोरोनाले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको उल्लेख गरे ।

नाफिजको पाँचौं महासभाले मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL