Logo

अध्यक्षका प्रत्यासी झाले उम्मेदवारी फिर्ता लिए, घले र टीबीबीच प्रतिशपर्धा हुने

अध्यक्षका प्रत्यासी झाले उम्मेदवारी फिर्ता लिए, घले र टीबीबीच प्रतिशपर्धा हुने


बिजखबर संवाददाता
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका प्रत्यासी शेष घलेलाई समर्थन गर्दै अर्का अध्यक्षका उम्मेदवार रतन झाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।एनआरएनमा एकता र समझदारी कायम राख्न पनि नेतृत्व निर्विरोध चयन गर्नुपर्ने भन्दै पूर्व अध्यक्षहरुले पहल गरेपछि झाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
टीबी कार्कीले भने उम्मेदवारी फिर्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।

देशको वर्तमान परिस्थिति र एनआरएनमा एकता कायम गर्नका लागि आफूले उम्मेदवारी फिर्ता लिएको झाले बताए । यससँगै अध्यक्षमा घले र टेकबहादुर (टीबी) कार्कीबीच प्रतिष्पर्धा हुने भएको छ । वर्तमान अध्यक्ष रहेका घलेको कार्यकालमा उल्लेखनीय कार्यहरु भएको भन्दै प्रशंशा भइरहेको थियो ।

हाल काठमाडौंको सोल्टी होटलमा जारी अधिवेशनमा विश्वका ७१ मुलुकबाट झण्डै १५ सय प्रतिनिधि सहभागी छन् ।

यस्तै, एनआरएनको नयाँ कार्य समितिको दुई उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्टसहित ६ जनाले उम्मेदवारी दिएका छन् भने महासचिवका लागि चार जना प्रतिस्पर्धामा छन् । सचिवमा चार जना र कोषाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL