Logo

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट, सहायता अभिवृद्धि गर्दै जाने प्रतिवद्धता

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट, सहायता अभिवृद्धि गर्दै जाने प्रतिवद्धता



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

शुक्रबार भएको उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका छन् । महामहिम राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL